आहा त्यो दिन | सम्झदा पनि कति रलाईलो लाग्छ | कति खुशी छाएको थियो मेरो मनमा, म मात्र कहाँ हो र ? मेरो परिवार वा भनौ पुरै खानदानमा नै छुट्टै उमङ्ग भरिएको थियो त्यो दिन | त्यसैले त होला प्रकृतिले पनि त्यो दिन साँच्चिकै आनन्दको अथवा रमणीय वातावरणको पैदा गरेको थियो |
विहान सबेरै म उठ्दाखेरी देखिनै घरमा चहलपहल सुरु भैसकेको थियो | साँच्चिकै त्यो दिन मेरो घरमा छुट्टै उमङ्ग देखिएको थियो | प्रकाशका किरणहरु पनि पृथ्वीमा यसरि देखा पर्दै थिए कि मानौ त्यो दिन घाम पनि अरु दिन भन्दा बेग्लै देखिन्थे | वातापरण पनि अलि फरक लाग्दै थियो | सार्है रमाइलो अनि घमाईलो हुदै थियो |
केहि बेरमै हामी बुवा, म अनि तेस्तै दुई-तीन जना त्यो घमाईलो छोडेर बाटो लाग्यौ | घरको त्यो रमाइलो वातावरण छोड्ने मन त कहाँ थियो र तर नितान्त अपरिहार्य वा वाध्यात्मक थियो, हामी घर छोड्नै पर्ने |
हामी घर छोडेर यात्रा गर्दै गयौ | हाम्रो यात्रा कुनै तेस्तै अर्को रमाइलो घर तर्फ उन्मुख थियो | जहाँ हाम्रो प्रतिक्षा भैरहेको थियो | केहि बेर पछि हामी त्यस घरमा पुग्यौ जहाँ हामीलाई विशेष स्वागत गरियो | त्यहाँ पनि छुटै वातावरण पाए मैले | मलाई त्यस घरमा पुग्नु भन्दा अघाभै जानकारी गरिएको थियो कि म त्यहाँ पुगेपछि केहि बोल्नु पर्दैन सबै उहाहरुले गर्नु हुन्छ भनेर | त्यहाँ पुगे पछि मेरा अग्रजहरुले त्यस घरका मुली मान्छेसंग केहि समय अन्तरक्रिया गर्नुभयो | जहाँ म पनि संगै थिए | र दुवै पक्षको सहमतिले मलाई त्यस घरमा रहेकी एक युवतीसंग केहि कुरा गर्न आग्रह भयो |
मन आत्तिएको थियो | चंचल पनि त्यत्तिकै | तर कता कता डर पनि लाग्दै थियो | त्यस क्रममा एक युवती म तिर आई रहेको ठाने मेरो होस-हवास उडेको भान भयो | तर पनि यति मात्र याद छ | ती युवती सार्है नै शुसिल र शुन्दर थिईन | सायद "Beauty lies in the eyes of the beholder" भने जस्तै भयो होला | त्यस पछी के के भयो मलाई याद छैन |
होस्-हवास नै उडेको मान्छेले अरु कुरा याद गर्ने कुरा पनि त भएन होइन र ? साँच्चिकै होस-हवास उडाई दिने मान्छे को हो र को हुने हो ? त्यो मलाई अहिले सम्म थाहा छैन र त २०६९/०३/०८ गते शुक्रबार राति सपनीमा देखेको घट्ना मात्र हो | जसलाई सम्झने प्रयास गर्दै लिपिमा उतारेको मात्र हो | At last, waiting for such event in the future to real life.
आफ्नो डायरीबाट साभार -२०६९/०३/०८
0 Comments:
Post a Comment