व्यक्तिगत बौद्धिकता र रचनाको एउटा सानो डायरीमा तपाईलाई स्वागत गर्दछु | ©Er. Prakash Thapa

Sunday, October 16, 2022

गजल (२०६९-०५-०२)


तिम्रो सिउँदो सिन्दुरले  भर्ने  कहिले हो ?

 तिम्रो  बसाई मेरो घरमा  सर्ने  कहिले हो ?


तिम्रो  घर पल्तिरको त्यो खहरे खोला |

एकअर्काको हात समाई तर्ने कहिले हो ?


 गुलाफ फुल फुलाउदै  घरपछाडि बगैचामा |

 संगै बसी मनको कुरा गर्ने कहिले हो ?


 तिम्रो छोरा मेरो छोरी  भन्दै कल्पनामा |

 प्रेमरूपी मायाको बिउ छर्ने कहिले हो ?


 तिमीलाई एक्लै छोडी  धन कमाउन विदेशीदा |

 कहिले आउँछौ भन्दै तिमीले कुर्ने  कहिले हो ?


 परिश्रम गर्दागर्दै  थाकेको प्रदेशबाट |

 पैसा बोकी आफ्नै स्वदेश फिर्ने कहिले हो ? 


आफ्नो डायरीबाट साभार २०६९-०५-०२

0 Comments:

Post a Comment