व्यक्तिगत बौद्धिकता र रचनाको एउटा सानो डायरीमा तपाईलाई स्वागत गर्दछु | ©Er. Prakash Thapa

Sunday, October 30, 2022

श्रीमतीका केहि कुरा |



पाँच बजेको अलराम लगाएर छ बजे उठाउछे मेरी ठग बुढी |

उठ्ने बित्तिकै बिहानै तिन किलोमिटर कुदेर थाक्छे मेरी लुरी बुढी |


खालि पेटमा सधै आधा माना पानी पिलाउछे मेरी माने बुढी |

भिजाएर बासी फलफूलको पानी पिलाउने मेरी फुले बुढी |


खाना थोरै खान्छ भनेर बिहानमा खाजा खान नदिने मेरी छुची बुढी |

बिहानको खानामा सधै मकैको आटो खाऊ भन्छे मेरी आटे बुढी |


सेतो चामल होइन खैरो चामलको भात खुवाउछे मेरी खैरे बुढी |

खाना खादा संगै पानी पिउन हुन्न भन्छे  मेरी अल्छी बुढी |


अफिस गएर टन्न पानी पिउने आदेस दिन्छे मेरी शासक बुढी |

दिनमा दुई-तिन लिटर पानी पिउनुपर्छ भन्छे मेरी डाक्टर बुढी |


दिउसोको खाजामा  सधैजसो  सुजि मात्र खाउँ भन्छे मेरी सोझी बुढी |

मन पर्ने मम चाउमिन र कोक खान दिन्नी मेरी लोभी बुढी |


थरि थरिका गेडागुडी अनि रस पनि खुवाउछे मेरी गेडे बुढी |

नअघाएको पेट फलफुल र सलादले भरिदिन्छे मेरी पेटे बुढी |


कहिले काहीँ  कोदो अनि फापरको रोटि खाउँ भन्छे मेरी कोदे बुढी |

गर्मीमा ग्लुकोज पानी अनि जाडोमा तात्तातो  सुप खाम भन्छे मेरी सुपे बुढी |


साँझको खानामा गहुँको सुक्का रोटि खाउँ भन्छे मेरी सुके बुढी |

भोक लागेको बेलामा पनि टन्न खान हुन्न भन्छे मेरी भोटे बुढी |


मिठो अचार भन्दै अमिलो र पिरो आलु खुवाउछे मेरी आलु बुढी |

आजको डिनर कोदो र फापरको ढिडो भन्छे मेरी ढिडे बुढी |


सुत्नु अघि मोबाइल टिभी नहेरी मिठो गफ गरम भन्छे मेरी गफाडी बुढी |

भोलि बिहानै उठाउने आशा देखाउदै छिटै सुताउछे मेरी कुम्बकर्ण बुढी |


-प्रकाश थापा









0 Comments:

Post a Comment