व्यक्तिगत बौद्धिकता र रचनाको एउटा सानो डायरीमा तपाईलाई स्वागत गर्दछु | ©Er. Prakash Thapa

Wednesday, October 19, 2022

युवाहरु अग्रसर र जागरुक बन्नै पर्छ |



देशको वर्तमान अवस्था हेर्दा अब त अती  भैसक्यो राजनीतिको नाममा राज्यको दोहन भइरहेको छ भ्रष्टाचारअनियमिततामहंगीकु-राजनीतिक संस्कार जस्ता कुराहरु बढिरहेको छ|चुनाबको बेला विकासको नारा घन्काउने तर जनताको जीवनस्तरमा कुनै परिवर्तन गर्न नसक्ने नेतृत्वले फेरी पनि हाम्रा सोझा बा-आमा सहित आम नागरिकलाई झुक्याउन खोजिरहेका छन् |


खबरदार !! नेपाली नागरिक कुनै असक्षम नेतृत्व र पार्टीको झोले होइनन, इमान्दार र विवेक पूर्ण जनलहरको बुलन्द आवाज हो भन्दै जागरुक हुन ढिला भैसक्यो | त्यसैले अब  देश प्रति इमान्दार भएर सम्पूर्ण नागरिकलाई पनि सचेत र अग्रसर गराउनै पर्छ | देशको जिम्मा अब युवाहरुको काधमा लिनुपर्छ |

 

 

आउदो मंसिर चार गते हुने निर्वाचन नेपाली जनताको एक महत्वपूर्ण अवसर हो, पटक-पटक  असफल भइसकेका नेतालाई पुन मतदान गर्नु  मुर्खता हो | यदि साच्चिकै पुरानो नेतृत्वलाई  विश्राम  लगाउने हो भने  आगामी निर्वाचनमा  पुरानै नारासहित  जनतालाई उल्लु बनाउन खोज्ने जोकोहीलाई  बाई-बाई  गर्नैपर्छ | नयाँ र सक्षम नेतृत्व  चयन गर्न सबै मतदाता सचेत र चनाखो हुनै पर्छ | यसको लागि पहिले युवाहरु नै अग्रसर र जागरुक हुनु पर्छ |


लाज पचेका नेताहरुलाई हर्नुहोस त पाच वर्ष अगाडी जो नारा लिएर जनतामाझ भोट माग्दै थिए जुन सपना नागरिक माझ बाडेका थिए | आज फेरी तिनै अनुहार खरानी धसेर गाउँ पसेका छन् | नागरिकका समस्या जस्ताको तस्तै छन | बिकासको स्थितिमा कुनै परिवर्तन छैन | नेताहरुले आधा दशक खेर फालेको के हामी युवाहरुले टुलु टुलु हेरेर बस्न मिल्छ ?  

 

 अझै पनि पाका र पुराना मतदाताले  पुरानै पार्टीका उम्मेदवारलाई मतदान गर्ने गरेको पाइन्छ, राम्रो-नराम्रो भन्दापनि  पार्टीप्रतिको आस्थाले  आँखा चिम्लेर  मतदान गर्नु पर्छ भन्ने मनोविज्ञानको जबसम्म अन्त्य हुँदैन तबसम्म पुरानो  असफल नेतृत्व  मूलधारमा  रहिरहने खतरा छ | लोकतान्त्रिक पद्धति विरुद्ध दलहरुले  नै वैचारिक  राजनीतिलाई पाखा लगाएर निर्माण गरिएको गठबन्धनले राष्ट्रलाई सही निकास दिन सक्दैन

 

हो लोकतन्त्रमा दलहरुको बिकल्प छैन तर दलहरुलाई अलोकतान्त्रिक राजनीति गर्ने छुट पनि हुदैन  | त्यसैले अब एक पटक फेरी कुराजनितिक संस्कार विरुद्ध, असक्षम र  भ्रष्ट  नेतृत्व  विरुद्ध अनि देश बिकास र समृद्धिको पक्षमा  आवाज उठाउने र  सवक सिकाउने  उपयुक्त समय आएको छ | यसमा युवाहरु अगाडी बढ्नै पर्छ | आफूमात्र होइन  आफ्नो  परिवारछिमेक र समाजमा  सचेतनाको  आवाज सहित सम्पूर्ण युवाहरु जाग्नु पर्छ |

 

अब आन्दोलन होइन देश र आम निमुखा नागरिकको पक्षमा चेतनाको लहर ल्याउनु पर्छ | न्याय र उत्कृष्टताको पक्षेमा घर,टोल र समाजमा शुसुचित गराउने जिम्मा युवाहरुले लिनु पर्छ | हरेकलाई इमान्दार बन्न प्रेरित गर्नु पर्छ | अनि लोकतन्त्रको मेरुदण्ड निर्वाचनमा आम नागरिकलाई स्वविवेक प्रयोग गर्न आग्रह गर्नु पर्छ | तब मात्र युवाको भूमिका देशको लागि हुनेछ न्यायको पक्षेमा हुनेछ |

 

दश वर्षे माओवादी जन-युद्धमा युवाहरू नै प्रयोग भयौ, ०६२/०६३ को जन-आन्दोलनमा सामेल भयौ अनि  हरेक राजनीतिक परिवर्तनमा नेतृत्वलाई साथ् दियौ तर के हाम्रो सपना पुरा गर्न नेतृत्व सफल भयो त ? युवाहरु प्रति नेतृत्व इमान्दार देखियो त ? यो प्रश्नको जवाफ धेरै माग्यौ तर कसैले यसको सम्बोधन सम्म गर्न चाहेन

 

कुल जनसंख्याको करिब ४१ प्रतिशत युवा रहेको देशमा उत्पादन मुलक अर्थतन्त्र किन हुन् सकेन ? भएका कल कारखाना किन बन्द भए र युवा शक्ति किन बिदेशिनु परेको छ ? हाम्रो अर्थराजनीति कमजोर रहेको यसैबाट स्पष्ट हुदैन र ? त्यसैले अब पनि हामी युवाहरु चुप लगेर बस्नु पर्ने अवस्था छैन | देश निर्माणमा युवाहरु सामेल हुनै पर्छ |

 

समस्याहरु युवा लक्षित मात्र छैनन् | समग्र देशको अवस्था नै खोक्रो बन्दै छ | सामाजिक, आर्थिक र राजनीतिक पक्षहरु नै समस्या ग्रस्त छन् | विश्वव्यापिकरण र आधुनिकिकरणले नेपाल र नेपालीको पहिचान मासिदैछ | विकशित देशहरुसंगको अन्तर झन् झन् बढ्दै गैरहेको छ | हो हाम्रो विकास सुस्त छ |

 

समाजवादको नारा घन्काउने देशका हजारौ युवाहरु आज पनि दैनिक बैदेशिक रोजगारीमा जानु पर्ने बध्याता रोक्न कुन नेतृत्वले पहल गर्यो ? लाखौ युवाहरु विदेशमा छन् | युवाहरुको नाममा धेरै राजनीतिहरू भए | कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैमा सिमित व्यक्तिको हालीमुहाली भयो | त्यसैले अब कुरीति रोक्नै पर्छ |

 

लोकतन्त्रलाई बलियो बनाउन, असल राजनीतिक संस्कारको सुरुवात गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न अनि नागरिकको सास्तीलाई कम गर्दै विकासको जग बलियो बनाउन युवाहरु अगाडी आउनै पर्छ | आत्मनिर्भर अर्थतन्त्रको नारा लिएर सक्षम युवा अब विकासको बाटोमा आउनै पर्छ |

 

अब पनि चुप लगेर बस्यौ भने हामीले मात्र होइन पुस्तौ पुस्ताले हाम्रो जस्तै हालत भोग्नु पर्नेछ | प्राकृतिक श्रोतका धनि हामी नेपाली बिदेशी उत्पादनको बजार बन्नु पर्नेछ | संकृति र मौलिकतालाई जोगाउन मुस्किल पर्नेछ | आफ्नो देशको होइन बाहिरी दुनियाको बिकासमा रमाउनु पर्नेछ | अनि यो सबै कुरालाई पुस्तान्तरण गर्दै जीवनबाट बिदा हुनु पर्नेछ

 

अन्त्यमा हरेक युवाहरु, पहिले आफू इमान्दार बनेर आ-आफ्नो समाज र क्षेत्रमा सचेतनाको लहर फैलाउ, सम्पूर्ण नागरिकलाई सचेत, शुसुचित र जागरुक बनाएर मंसिर चारको निर्वाचनमा मतदान गर्न पठाऊ र आफु पनि विवेकपूर्ण सामेल होऊ | अनि मात्र युवाहरुको भूमिका देशको पक्षेमा हुनेछ, असल नेतृत्वको हातमा देश हुनेछ, सुशासन र लोकतान्त्रिक पद्दतिमा सुधार आउने छ होइन भने फेरी पनि देश दुर्गति तर्फ लम्केको साक्षी बन्नु पर्नेछ


लेखक : ई. प्रकाश थापा २०७९/०६/०२ 




0 Comments:

Post a Comment