व्यक्तिगत बौद्धिकता र रचनाको एउटा सानो डायरीमा तपाईलाई स्वागत गर्दछु | ©Er. Prakash Thapa

Tuesday, October 11, 2022

आफ्नै बारेमा केहि शब्द लेख्नु पर्दा

 



मेरो जन्म बुवा सन्त बहादुर थापा र मम्मी मैया (राम कुमारी) थापाको कोखबाट २०४६|०१|१८ गते गुल्मी जिल्ला साबिकको जुभुंग-०२ हाल गुल्मीदरबार-०२ झिर्बासमा भएको हो | मेरो बाल्य काल मेरो जन्म स्थानमा नै रमाइलो साथ बितेको थियो | बालापनका धेरै घट्नाहरुको प्रभावले जिवनमा सकारात्मक प्रभाव परेको छ | अहिले पनि सबै यादहरु मिठा लाग्छन |


मेरो स्कुलको पढाई दुईवटा विधालयबाट सम्पन भएको हो | कक्षा सात सम्म श्री काब्रेपोखरी माध्यमिक विधालय र कक्षा आठ देखि दश सम्मको पढाई श्री शिद्धबाबा माध्यमिक विधालय तम्घास गुल्मीबाट २०६१ सालमा सम्पन्न गरेको हो | १०+२ को पढाई विज्ञान बिषयमा रेडन कलेज सामाखुशी काठमाडौँबाट २०६४ सालमा सम्पन्न गरेको हु | त्यसपछि २०६४ देखि २०६८ सम्म त्रिभूवन विश्वविधालयबाट सम्बन्धन प्राप्त क्याथफोर्ड इन्टरनेशनल कलेज ललितपुरबाट इलेक्ट्रोनिक्स एंड कम्युनिकेसन विषयमा स्नातक गरेको हो | हाल ग्रामिण विकास बिषयमा पाटन बहुमुखी क्याम्पस ललितपुरमा स्नातोकोत्तरको पढाई गर्दैछु |


पेशागत रुपमा २०७० देखि २०७३ सम्म टेलिकमको विभिन्न काममा पार्टटाइम र पढाउने काम गरियो | २०७३ देखि २०७७ सम्म जामिल नेपाल प्रा.लि.( प्रधान कार्यालय-इंडिया ) ललितपुरमा प्रोजेक्ट कोओर्डीनेटरको रुपमा काम गरे | २०७७ देखि २०७९ सम्म असुर इन्फ्रा इन्जिनीयरिंग प्रा.लि.( प्रधान कार्यालय-इंडिया ) ललितपुरमा प्रोजेक्ट लिडको रुपमा काम गरे | र हाल म गेट इन्जिनीयरिंग प्रा.लि.मा प्रोजेक्ट म्यानेजरको रुपमा काम गर्दै आइरहेको छु | संगै अरु  केहि संस्ठाहरु संग पनि मेरो आवद्धता रहेको छ |  उत्कृष्टतामा प्रतिबद्द रहदै आफ्नो पेशालाई अगाडी बढाउदै आइरहेको छु |


२०७४ साल देखि जियोलोजिष्ट मनिषा थापासंग मेरो बैभाहिक सम्बन्ध गासिएको छ साथै मेरो परिवारमा बुवा-मम्मी, दाजु-भाउजु र भाई-बुहारी रहनु भएको छ | मेरा हरेक पाईलाहरुमा मेरो परिवारको पूर्ण साथ र समर्थन रहदै आएको छ | 


कामको दौरानमा नेपालका करिब ६८ जिल्ला भ्रमण गरेको छु | नेपाल र नेपालीपनलाई नजिकबाट नियालेको छु | मलाई नेपालको भूगोल, कला, संस्कृति, सम्पदा, वातावरण, हावापानी, रहनसहन अनि एक अर्का प्रतिको आत्मियता सारै राम्रो लाग्छ | विकट क्षेत्रको विकासको स्थिति देख्दा सार्है नराम्रो लाग्छ | विकटमा जीवन यापन सार्है कष्टकर छ | यथार्थमा समग्र देशको विकास मोडेल नै सन्तोषजनक छैन यो निराशाजनक कुरा हो | 


हाम्रो देशमा विकास हुन नसक्नुको एक कारण दूरदर्शी, इमान्दार र सक्षम नेतृत्व नभएरै हो भन्ने मलाई लाग्छ |  कुनै दिन नेपालको समग्र विकासमा पूर्ण रुपमा लागि पर्ने सोच पालेको छु | कर्म गर्दैछु  समयले त्यो ठाउमा पुराउने छ भन्ने आषा र अपेक्षा सहित | 


मलाई विभिन्न ठाउँहरुमा त्यहाँको बस्तुस्थिति नियाल्दै स्थानीयसंग घुलमिल हुदै घुम्न सार्है मन पर्छ | साथै उपन्यास र समसामयिक बिषयवस्तुमा टिप्पणी सहित लेखिएका लेखहरु पढ्न मन पर्छ | र म आफै पनि समय मिलाएर केहि लेखहरु प्रकाशित गरेको छु | संगै मलाई संगीत सुन्न र विज्ञानसंग सम्बन्धित सिनेमा र लोगिकल कमेडी हेर्न मज्जा लाग्छ |


तपाई पनि म संग जोडिन चाहानुहुन्छ भने यसै साइटमा रहेको मेरो फेसबुक वा अरु माध्यामबाट जोडिन सक्नु हुन्छ | 


असल कर्म गरौ, एक दिन अवश्य मुल्यांकन हुनेछ | धन्याबाद !!!!!

 


0 Comments:

Post a Comment